IME Life New

पुनर्बीमा व्यवसायको नाफा घाटाबारे विस्तृत अध्ययन गर्दै सरकारी अध्ययन समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समग्र बीमा क्षेत्रको सुधारका लागि गठित सुझाव समिति, २०८३ ले पुनर्बीमा व्यवसाय सम्बन्धी विवरण अध्ययन गर्ने भएको छ। पछिल्लो पाँच वर्षको अवधिमा पुनर्बीमा व्यवसायका लागि बीमकले भुक्तानी गरेको रकम, पुनर्बीमा कमिशन आम्दानी र दाबी असुलीको विवरणको तुलनात्मक विवरणका आधारमा अध्ययन गर्ने भएको हो ।

समितिका लागि नेपाल बीमा प्राधिकरणले बीमकसँग विगत पाँच आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको तथ्याङ्क सात दिनभित्र उपलब्ध गराउन सोमबार निर्देशन दिएको छ। प्राधिकरणले  स्वदेशी पुनर्बीमकलाई गरेको बीमाशुल्क भुक्तानी, पुनर्बीमा कमिशन आम्दानी र दाबी असुलीको विवरण मागेको छ।

Esewa
Crest

यसबाहेक विदेशमा गरेको पुनर्बीमाको विवरण पनि प्राधिकरणले मागेको छ। यसमा विदेशी पुनर्बीमकलाई भुक्तानी गरेको विदेशी मुद्राको भुक्तानी विवरण र विदेशी पुनर्बीमकबाट प्राप्त भएको विदेशी मुद्राको विवरण मागेको छ।

बीमकका अनुसार, प्राधिकरणले सुझाव समितिका लागि विस्तृत विवरण मागेकाले सात दिनको समयसीमा अपुग हुने देखिएको छ। पुराना सम्पूर्ण विवरणहरू केलाएर, प्राधिकरणले उपलब्ध गराएको ढाँचा अनुसार उपलब्ध गराउन समय लाग्छ, एक प्रमुख कार्यकारी अधिकृतले भने,नेपालमा अझै पनि पुनर्बीमा कारोबारको हिसाब सफ्टवेयरभन्दा पनि म्यानुअली नै हुने गरेको छ, त्यसैले केही दिन थप समय लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS