काठमाडौं । महालेखा नियन्त्रक कार्यालय, अध्यागमन विभाग तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचल) को सहकार्यमा नेपाल सरकारको अनलाईन राजस्व भुक्तानीको पोर्टल -Revenue Management Information System (RMIS) मा अन्तर्राष्ट्रिय कार्डबाट समेत Electronic Travel Authorization (ETA/evisa) सम्बन्धी भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयमा भएको एक औपचारिक कार्यक्रम बीच अर्थमन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख आतिथ्यमा सेवाको शुभारम्भको घोषणा गरिएको हो । उक्त कार्यक्रममा मुख्य सचिव, अर्थ सचिव, महालेखा नियन्त्रक, अध्यागमन विभागका महानिर्देशक तथा अर्थ मन्त्रालय, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्क्ष्ब्) तथा एनसीएचलका वरिष्ठ पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
उक्त सेवाको शुभारभ सँगै अब अन्तर्राष्ट्रिय पर्यटकहरुले ETA-/e-visa (https://nepaliport.immigration.gov.np/eta-visa-processing) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा visa on arrival निम्ती आफ्नो विभिन्न अन्तर्राष्ट्रिय कार्डबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । यसले अनलाइन भिसा आवेदन प्रक्रिया निकै सहज र अध्यागमन विभाग तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा गुणात्मक सुधार आउने विश्वास लिइएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत कनेक्टआइपीएसको गेटवेबाट कनेक्टआइपीएसको वेब÷एपका साथै नेपालपे क्यूआर मार्फत नेपाल सरकारको कर तथा गैर कर राजस्व भुक्तानीहरु लगायतका विभिन्न भुक्तानीहरु हुँदै आएका छन् । राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा थपिएपछि, सरकारी राजस्व संकलनमा हाल पहिलो चरणमा ETA/ e-visa लाई आबद्ध गरिए सँगै अब इलेक्ट्रोनिक भुक्तानीको प्रयोग अझ बढ्ने अपेक्षा गरिएको छ । सो सेवा आगामी दिनहरुमा विभिन्न सरकारी भुक्तानीका लागि अन्य विभाग तथा राजस्व संकलन कार्यालयहरुसम्म पनि यसलाई पनि विस्तार गरिनेछ ।
एनसीएचएलले महालेखा नियन्त्रक कार्यालय तथा अर्थ मन्त्रालयसंग सहकार्य गर्दै सरकारले गर्ने खर्च तथा राजस्व भुक्तानीलाई डिजिटल बनाउन निरन्तर काम गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्र सरकारको रु १,२१९ अर्ब खर्च सम्बन्धी कारोबार र रु ३६६ अर्ब राजस्व सम्बन्धी कारोबार एनसीएचएलका प्रणालीहरु मार्फत पर्छयौट भएको थियो ।
थप जानकारीका लागि https://fcgo.gov.np/ https://www.immigration.gov.np/ https://nchl.com.np/
हेर्न सकिनेछ ।

















