काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३९ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो सुनको भाउ तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय ८० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो चाँदीको भाउ प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

















