काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४९ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ६५ सय रुपैयाँमा किनबेच भएको थियो।

















