काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २९ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ३५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३१ सय रुपैयाँमा किनबेच भएको थियो।

















