काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ । यससँगै आज छापावाल सुन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन १ लाख ७४ हजार १ सय रुपैयाँमामा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।