काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो पनि छापावाल सुनको भाउ प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

















