काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो।