काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने आज स्थिर रहँदै तोलाको २ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

















