काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३१ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख १४ हजार ७ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो सुनको भाउ तोलामा २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
हिजो चाँदीको भाउ प्रतितोला २४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

















