काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको छ । यससँगै सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।