काठमाडौं । विश्वव्यापी पुनर्बीमा कम्पनीहरुले सन् २०२५ मा आफ्नो पुँजीगत लागतभन्दा बढी प्रतिफल प्रदान गरेका छन्। जसले लगातार तेस्रो वर्ष बलियो प्रदर्शनका रुपमा अंकित गरेको छ। किनकि पोर्टफोलियो पुनः मूल्य निर्धारणले बलियो अन्डरराइटिङ परिणामहरु निम्त्याएको छ।
एएम बेस्टको ‘बजार नरमताका बाबजुद पुनर्बीमा कम्पनीहरुको प्रतिफल पुँजीगत लागतभन्दा बढी’ शीर्षकको नयाँ प्रतिवेदनले यस्तो देखाएको हो। ‘पुनर्बीमा उद्योगको भारित औसत पुँजीगत लागत सन् २०२४ मा ७.६७ प्रतिशतबाट सन् २०२५ मा ८.२३ प्रतिशता बढेको छ र सन् २०२६ को पहिलो त्रैमासमा थप बढेर ८.६३ प्रतिशत भएको छ’, प्रतिवेदनमा भनिएको छ।
यसबाहेक विश्वव्यापी बजारमा पुँजी र क्षमताको उच्च स्तरले नरमपन प्रवृत्तिलाई बढावा दिएको छ। जुन यस वर्ष तीव्र भएको छ। एएम बेस्टका उद्योग विश्लेषक हेलेन एन्डरसनका अनुसार नरम बजारको बावजुद पुनर्बीमा कम्पनीहरुको कडा नियम र सर्तहरु र उच्च संलग्नक विन्दुहरुसहित कार्यक्रम संरचनाहरुमा समायोजन बलियो रहेको छ। उनले भनिन्, ‘यी उपायले पुनर्बीमा कम्पनीहरुलाई मध्यम जोखिमहरुको बढ्दो आवृत्ति र गम्भीरतालाई सम्बोधन गर्न मद्दत गरेको छ।’
धेरैजसो पुनर्बीमा कम्पनीहरुले सन् २०२५ मा बलियो नतिजाहरु प्रकाशन गरेका छन्। कम्पनीहरुको इक्विटीमा औसत प्रतिफल १६.३ प्रतिशत थियो। जुन २०२३ मा स्थापित रेकर्ड स्तरभन्दा अलि कम थियो।
कम ब्याजदरको बाबजुद पुँजीको समग्र लागत बढ्दै जाँदा लगातार चौथो वर्ष इक्विटीको लागत ९.६ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। –एजेन्सी












