काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले यही मंसिर २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको लेकसाइडस्थित आइएमई हस्पिलिटीमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ९.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने क्रममा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव समेट्ने अख्तियारी सञ्चालक समिति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नुका साथै सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन पनि गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ संस्थाले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्र लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।











