IME Life New

वाणिज्य बैंकहरुबाट रु. १.१३ खर्ब गाडी कर्जा प्रवाह, १० वटाको बढ्दा १० वटाकै घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा गाडी कर्जाको माग सामान्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकबाट समीक्षा वर्षमा १ खर्ब १३ अर्ब ७ करोड ९७ लाख रुपैयाँ गाडी कर्जा गएको छ। यो शीर्षकमा अघिल्लो वर्ष २०८०।८१ मा १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ५.८२ प्रतिशतले मात्रै बढेको छ।

Crest

समीक्षा वर्षमा १० वटा बैंकको गाडी कर्जा घटेको छ भने बाँकी १० वटा बढेको छ। सर्वाधिक गाडी कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई अग्रस्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले एभरेष्ट बैंक अगाडि रहेको छ।

समीक्षा वर्षमा ग्लोबल आइएमईले सर्वाधिक १५ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले १३ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको गाडी कर्जा प्रवाह ११.४९ प्रतिशतले बढेको छ।

दोस्रोमा नबिलबाट ११ अर्ब ४३ करोड १ लाख रुपैयाँ गाडी कर्जा गएको छ। अघिल्लो वर्ष बैंकले १० अर्ब ८० करोड ४० लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा नबिलबाट ५.८० प्रतिशत बढी गाडी कर्जा प्रवाह भएको छ।

सर्वाधिक गाडी कर्जा प्रवाह गर्ने तेस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब ३० करोड ६६ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म ९ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको गाडी कर्जा ५२.६६ प्रतिशतले बढेको छ।

वाणिज्य बैंकहरुबाट प्रवाह भएको गाडी कर्जा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS