IME Life New

फोटोन मोटर्स नेपालले बुटवलमा सञ्चालन गर्यो नयाँ थ्रीएस शोरुम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम सञ्चालनमा ल्याएको छ । पश्चिम नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा गरेका थिए ।

Esewa
Crest

कम्पनीले असार १५ गते औपचारिक रूपमा शोरुम उद्घाटन गर्दै पश्चिम क्षेत्रका ग्राहकलाई अझ सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

रुपन्देहीको मणिग्राममा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य लिएको छ । कम्पनीका अनुसार एउटै स्थानबाट सवारी बिक्री, बिक्रीपछिको सेवा तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध हुने भएकाले ग्राहकले छिटो, सहज र भरपर्दो सेवा पाउनेछन् ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बरालले बुटवल शोरुमलाई कम्पनीको व्यापार विस्तार मात्र नभई पश्चिम नेपालमा दीर्घकालीन लगानी र ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए । उनले कम्पनीले प्रत्येक सेवामा गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै सेवा विस्तारलाई निरन्तरता दिने उल्लेख गरे ।

कम्पनीका अनुसार नयाँ थ्रि एस सुविधा सञ्चालनमा आएसँगै ग्राहकले गाडी खरिददेखि मर्मत, नियमित सर्भिसिङ तथा आवश्यक स्पेयर पार्ट्स एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् । यसले पश्चिम नेपालका फोटोन सवारीधनीलाई अन्य शहर धाउनुपर्ने आवश्यकता समेत घटाउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS