IME Life New

भारतमा विदेशी पुनर्बीमकको फस्टाउँदै व्यापार, ४९% पुग्यो बजार हिस्सा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा विदेशी पुनर्बीमकको व्यापार फस्टाउँदै गएको छ। पछिल्लो एक वर्षको अवधिमा भारतमा विदेशी पुनर्बीमकको बजार हिस्सा झन्डै ५० प्रतिशत पुगेको छ।

ग्लोबलडाटाको तथ्यांकअनुसार भारतमा अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा विदेशी पुनर्बीमकले कुल बीमाशुल्क ४९ प्रतिशतले बढेको छ। यो बढोत्तरी सन् २०१९ को २५.८ प्रतिशतको वृद्धियताकै सबैभन्दा धेरै हो।

Esewa
Crest

सन् २०२५ मा भारतमा विदेशी पुनर्बीमकको बजार हिस्सा ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ। पुनर्बीमाको माग बढ्नु, प्रतिस्पर्धी मूल्य र नियामकीय व्यवस्थामा पुनर्विचार हुनुले पनि भारतमा विदेशी पुनर्बीमकको व्यापार फस्टाउन थालेको हो।

भारतमा ४ वटा पुनर्बीमकको व्यापार वृद्धि सन् २०१९ देखि सन् २०२३ सम्म दोब्बर देखिएको छ। भारतका सरकारी पुनर्बीमा कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (जीआईसी रि)को पुनर्बीमा व्यवसायको हिस्सा सन् २०१९ मा ७४.२ प्रतिशत रहेकोमा सन् २०२३ मा घटेर ५१ प्रतिशतमा सीमित बनेको छ।

जीआईसी रिको बजार हिस्सा लगातार घट्नुको मुख्य कारण अनिवार्य छुट घटाइनु र कृषि पुनर्बीमामा लगातारको नोक्सानी रहेको ग्लोबलडाटाको प्रतिवेदनमा उल्लेख छ।

भारतीय बीमा नियामक आईआरडीएआईले सन् २०१८ मा पुनर्बीमासम्बन्धी प्रावधानमा संशोधन गर्दै भारतीय बजारमा विदेशी पुनर्बीमा कम्पनीलाई व्यवसाय विस्तारका लागि शाखा खोल्न बाटो खुला गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS