IME Life New

विदेशी पुनर्बीमा दलाल कम्पनीले आउँदो पुसभित्र नेपालमा कार्यालय खोल्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल कम्पनीलाई नेपालमा कार्यालय सञ्चालनमा ल्याउन समयसीमा बढाएको छ।

बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा पहिलो संशोधन गर्दै विदेशी पुनर्बीमा दलाल कम्पनीलाई नेपालमा कार्यालय खोल्न समयसीमा बढाएको हो। संशोधित निर्देशिकाबमोजिम अब प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बीमक दलालले २०८२ पुस मसान्तभित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ। यसअघिको निर्देशिकाको प्रावधानबमोजिम सबै विदेशी पुनर्बीमा दलाल कम्पनीलाई सूचीकरण नम्बर प्राप्त गरेको ६ महिनाभित्र नेपालमा कार्यालय खोल्नुपर्ने व्यवस्था थियो।

Esewa
Crest

गत वर्ष चैत १० गते प्राधिकरणले निर्देशन दिँदै गत असार १० गतेसम्म कार्यालय स्थापना भनेको थियो। प्राधिकरणको निर्देशनपछि पनि अधिकांश विदेशी पुनर्बीमा दलाल कम्पनीले नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छैनन्।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ का लागि कुल ५४ वटा पुनर्बीमा दलाल कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये यूआईबी, सिनर्जीसहितका केही सीमित विदेशी पुनर्बीमा दलालले मात्र नेपालमा कार्यालय स्थापना गरेका छन्।

नेपालमा कार्यालय स्थापना गर्न दिएको निर्देशन पालना नगर्ने पुनर्बीमा दलाललाई प्राधिकरणले सूचीकरणबाट वञ्चित गर्न सक्ने भए पनि गरेको छैन। प्राधिकरणसँग स्वीकृति नलिई कुनै पनि विदेशी पुनर्बीमा दलाल कम्पनीले नेपालमा पुनर्बीमा सेवा सञ्चालन गर्न पाउँदैनन् ।

यसैगरी निर्देशिकामा संशोधन गर्दै प्राधिकरणले ‘नियमावली’ भन्नाले बीमा नियमावली, २०८१ सम्झनुपर्ने उल्लेख गरेको छ। संशोधनअघिको निर्देशिकामा ‘नियमावली’ भन्नाले बीमा नियमावली, २०४९ सम्झनुपर्ने उल्लेख थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS