IME Life New

तिब्बती भूभागमा हिम नदी र ताल फुटेर रसुवा र माथिल्लो मुस्ताङमा बाढीः इसिमोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले नेपालमा २४ घण्टाको अन्तरालमा दुईवटा भीषण बाढीको घटना ‘अभूतपूर्व घटना’ भएको बताएका छन् ।

रसुवा र माथिल्लो मुस्ताङमा मंगलबार आएको बाढीलाई इसिमोडका भूगर्भ तथा माैसम विज्ञान विज्ञहरूले ‘सुप्राग्लेसियल’ तालबाट निकास भएको हिमनदीजन्य घटना भएको निष्कर्ष निकालेका हुन् ।

Esewa
Crest

इसिमोडका अनुसार, विज्ञहरूले सन् २०२४ को अन्त्य(डिसेम्बर) तिर शुरूवातमा सानो आकारको हिम ताल बनेकोमा जुन महिनामा आइपुग्दासम्म विशाल हिमतालमा परिणत भएको थियो।

बाढी र हिमनदी तालहरूको निगरानी गर्दै आएको इसिमोडका वैज्ञानिकहरुले यसलाई ‘अभूतपूर्व घटना’ भनेका छन् ।

चीनको तिब्बत हुँदै उत्तरी सीमा रसुवा भएर बग्ने भोटेकोशी नदीमा मंगलबार बिहान करिब ३ बजेतिर शक्तिशाली बाढी आएको थियो । बाढीले नेपाल चीन सीमाको मितेरी पुल मात्र बगाएन, सुरक्षाकर्मी सहित ९ जनाको ज्यान समेत गइ सकेको छ। २० जना बेपत्ता छन् ।

मंगलबार साँझ माथिल्लो मुस्ताङबाट आएको भिषण बाढीले पनि चार वटा पुल र सडकमा क्षति पुगेको थियो । लोमान्थाङ गाउँपालिका भएर बग्ने चुम्जुङ खोलामा भीषण बाढी आएको हो। बाढीग्रस्त क्षेत्रबाट सकुशल उद्धार गरिएका कारण मानवीय क्षति भने हुन पाएन।

इसिमोडका विज्ञहरुले सन् २०२० देखिकै भूउपग्रहबाट कैद गरिएका तस्वीरहरूको विश्लेषणको आधारमा रसुवा र माथिल्लो मुस्ताङमा आएको बाढी सुप्राग्लेसियल लेक अर्थात् ढुंगा माटोको थुप्रोले ढाकिएको हिमनदीको माथिल्लो सतहमा बनेको ताल फुटेर आएको निष्कर्ष निकालेका हुन् ।

इसिमोडले विज्ञप्तीमा टिप्पणी लेखेको छ,, ‘नेपाल चीन सीमा नजिकै सुप्राग्लेसियल ताल सन् २०२४ को डिसेम्बरमा सानो पोखरीको रूपमा बनेकोमा सन् २०२५ को जुन महिनामा उल्लेखनीय रूपमा ठूलो भएर सोमबार फुटेको देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS