IME Life New

बुटवलमा कलश स्टक मार्केटको पहिलो शाखा विस्तार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा साउन अन्तिम साताबाट स्वस्तिपुजा गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा मार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची तगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि सहित शेयर कारोवार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल “कमल” ले बताए ।

Crest

यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप के.सी.ले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS