काठमाडौं । भायानेटले हालै इन्टरनेट र भाया टिभी सेवामा आएको अवरोधका लागि आफ्ना आदरणीय ग्राहकहरूसमक्ष माफी मागेको छ ।
भदौ २४ गते साँझ करिब ४ः४५ बजे, प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा (कान्तिपुर मिडिया ग्रुप रहेको भवन) अवस्थित भाया नेटको प्रमुख डाटा सेन्टरमा क्षति पुगेको छ ।
यद्यपि कम्पनीसँग ब्याकअप डाटा सेन्टरहरू रहेका छन्, यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त नभएर सेवा देशभर अवरुद्ध भएको जनाएको छ ।
कम्पनीले प्राविधिक टोली तुरुन्तै खटाइसकेको छ । तर भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न नसकिएको जनाएको छ । त्यसबीचमा ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकियो। तर धेरै ग्राहक अझै प्रभावित भएकाले माफि मागेको हो ।

















