IME Life New

एसियामा ‘उत्तराधिकार योजना’ बीमामा आधारित वित्तीय सुरक्षा उच्च प्राथमिकतामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाली परिवारहरुले भावी पुस्ताका लागि वित्तीय स्थिरता सुनिश्चित गर्न ‘उत्तराधिकार योजना’ बीमा र वित्तीय सुरक्षालाई बढ्दो रुपमा प्राथमिकता दिइरहेका छन्।

सन लाइफ एसियाको हालैको अध्ययनअनुसार एसियाली क्षेत्रका परिवारहरुका लागि सम्पत्ति बचत गर्न र पुस्ताहरुमा हस्तान्तरण गर्न बीमामा आधारित वित्तीय सुरक्षा एक प्रमुख रणनीति बनेको हो। ‘एसियामा स्थायी विरासत निर्माण’ शीर्षकको सर्वेक्षणअनुसार ७० प्रतिशत उत्तरदाताले वित्तीय सुरक्षा सुनिश्चित गर्नु उत्तराधिकार योजनाको सबैभन्दा महत्वपूर्ण तत्वका रुपमा उल्लेख गरे। यसपछि स्पष्ट र राम्रोसँग संरचित सम्पत्ति योजना (५३ प्रतिशत) र अर्को पुस्ताका लागि पर्याप्त सम्पत्ति निर्माण (४८ प्रतिशत) गरिएको थियो।

Esewa
Crest

यद्यपि, अध्ययनले चिन्ताजनक वास्तविकतालाई पनि उजागर गरेको छ। सवर्भेक्षणमा ६० प्रतिशत उत्तरदाताले आफ्नो सम्पत्ति आफ्ना छोराछोरीको पुस्तासम्म टिक्ने छैन भन्ने डर व्यक्त गरेका छन्। अर्को ५५ प्रतिशतले भने कि उत्तराधिकारीसँग आफ्नो सम्पत्ति व्यवस्थापन गर्न आवश्यक वित्तीय सीपको कमी हुन सक्छ।

केवल ३१ प्रतिशत उत्तरदाता विश्वस्त छन् कि उनीहरुको अर्को पुस्ताले उनीहरुले पाएको स्रोतहरुको उचित रुपमा सुरक्षा र विकास गर्न सक्षम हुनेछन्।

यो अध्ययन ६ एसियाली देशहरु हङकङ, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र भियतनामका ३ हजार उत्तरदाताहरुमा गरिएको थियो। प्रतिवेदनका अनुसार एसियाली क्षेत्रले अर्को दशकमा विश्वको सबैभन्दा ठूलो अन्तरपुस्तागत सम्पत्ति स्थानान्तरणको साक्षी हुने अपेक्षा गरिएको छ। जसले वित्तीय योजना, बीमा र लगानी क्षेत्रहरुको लागि नयाँ अवसरहरु खोल्नेछ।

विश्लेषकहरुक अनुसार उत्तराधिकार योजना अब केवल सम्पत्ति हस्तान्तरण गर्ने प्रक्रियामात्र नभएर यो भविष्यका पुस्ताहरुका लागि वित्तीय सुरक्षा, पारिवारिक स्थिरता र दीर्घकालीन सम्पत्ति व्यवस्थापन सुनिश्चित गर्ने अभिन्न अंग बनेको छ। उनीहरुका अनुसार वित्तीय सुरक्षा संरचना जति बलियो हुन्छ, भविष्यका पुस्ताहरुका लागि सम्पत्तिको दिगोपन त्यति नै सुनिश्चित हुनेछ।

यसबाहेक विज्ञहरुले सुझाव दिन्छन् कि विरासत योजनामा बीमा, लगानी व्यवस्थापन र वित्तीय साक्षरतालाई एकीकृत गर्नाले एसियाली परिवारहरुलाई आफ्नो सम्पत्ति भावी पुस्ताहरुलाई अझ दिगो रुपमा हस्तान्तरण गर्न सक्षम बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS