काठमाडौं । नेप्से परिसूचक मंगलबार २७१९.२० विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक ३२.२१ अंकले घटेको हो।
बजारमा ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब १ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५० करोड ६७ लाख रुपैयाँको खरिद भएको छ भने ५० करोड ४२ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५५ बाट ५६ करोड ८६ लाख रुपैयाँको खरिद र २१ करोड ५६ लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।