IME Life New

जग्गा किन्ने बहानामा बीमा कोषको रकम कुम्लाएपछि फार इस्ट लाइफका पूर्वअध्यक्ष पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा भ्रष्टाचारविरोधी आयोगले जग्गा खरिदको बहानामा बीमा कोषको रकम भ्रष्टाचार गरेको मुद्दामा फार इस्ट इस्लामिक लाइफका पूर्वअध्यक्ष नजरुल इस्लामलाई पक्राउ गरेको छ।

अदालतले इस्लामलाई ५ दिनको हिरासतमा राख्न स्वीकृत गरेको छ। थुनछेकको बहसपछि ढाका महानगरीय सत्र न्यायाधीश सब्बीर फैजले यस्तो आदेश दिएका हुन्। उनलाई आयोगले अक्टोबर २३ पक्राउ गरेर महानगरीय वरिष्ठ विशेष न्यायाधीशको अदालतमा पेस गरेको थियो।

Esewa
Crest

इन्स्योरेन्स न्युज बीडीले स्रोतलाई उल्लेख गर्दै जनाएअनुसार भ्रष्टाचारविरोधी आयोगले ४ अर्ब ५० करोड बंगलादेशी रुपैयाँ हिनामिना गरेको आरोपमा फार इस्ट इस्लामिक लाइफका पूर्वअध्यक्ष इस्लामसहित २४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा जुलाई ३१ मा दायर गरिएको थियो।

मुद्दाको बयानमा भनिएको छ, ‘आरोपीले राजधानीको ३६ तोपखानामा फार इस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा २ अर्ब ७ करोड ३६ लाख करोड बंगलादेशी रुपैयाँको जग्गा खरिद गरेको देखाएर ४ अर्ब ५० करोड बंगलादेशी रुपैयाँ हिनामिना गर्ने षड्यन्त्र रचेका थिए।’

त्यसमध्ये इस्लामले १० करोड रुपैयाँ हिनामिना गरे र उनकी श्रीमती तथा फार इस्ट लाइफकी पूर्वनिर्देशक तस्लिमा इस्लामले ९ करोड ५० लाख बंगलादेशी रुपैयाँ हिनामिना गरेको अनुसन्धानका क्रममा पुष्टी भएको थियो। जग्गा खरिद र हिनामिनाको यो घटना सन् २०१५ मा भएको थियो।

मुद्दामा अभियुक्तमध्ये निर्देशक नाजनिन हुसेन अझै पनि सञ्चालक समितिमा छन्। मुद्दाका अर्का अभियुक्त मेडिनोभा मेडिकल सर्भिसेजका संस्थापक निर्देशक डा. मोहम्मद मोनोवर हुसेनका जेठा भाइ र फार इस्ट इस्लामिक लाइफका उपाध्यक्ष डा मोकाद्देस हुसेन हुन्। यसका साथै डा मोकाद्देस हुसेनका अर्का भाइ मोजामेल हुसेन पनि अर्को भ्रष्टाचार मुद्दामा अभियुक्त रहेको इन्स्योरेन्स न्युज बीडीले उल्लेख गरेको छ।

मोबारक हुसेनका भाइ र मुद्दाका अर्का अभियुक्त अमानत शाह ग्रुपका संस्थापक अध्यक्ष मोहम्मद हेलाल मिया फारेस्ट इस्लामिक लाइफको सञ्चालक समितिमा स्वतन्त्र निर्देशक हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS