IME Life New

जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था छ: निवर्तमान अध्यक्ष मल्ल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले अहिलेको अवस्थामा सरकारले व्यवसायीहरुलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेमा बताए । जेनजी आन्दोलनपछि ति युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उनको भनाइ छ ।

देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ, जेनजी अवस्थाका युवाहरु स्वदेशमा कम नभएर विदेश जाने गरेका छन् । हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुपर्यो,’ उनले भने ।

Crest

उनले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रस्तुत गर्दै सरकारले अब गर्नै पर्ने कामका रुपमा स्टार्टअपलाई आगाडि बढाउनु पर्ने धारणा राखे । युवाहरु विदेश जाने गरेकाले नेपालमा जनसंख्या घटिरहेको बताउँदै त्यसका लागि राज्यले नेपालमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए ।
नेपालमा सरकारी कार्यालयमा एकदमै ढिलासुस्ती र झन्झटिलो प्रकृयाका कारण साह्रै दुःख पाइरहेको बताउँदै त्यसको अन्त्य गरेर चुस्त सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । ‘अहिले सरकारी अफिसमा ढिलासुस्ती र झन्झटिलो प्रक्रिया छ । जसले गर्दा सेवा लिन निकै समस्या हुन्छ । यसलाई सुभधार गर्नुपर्छ,’ उनले भने ।

उनले अहिले आईटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै गाउँको दुर दराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए ।
उनले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै सरकारले तत्कालै नेपाल सुरक्षित छ भनेर विश्वव्यापाी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले नेपालमा अनौपचारिक कारोबार बढी हुने गरेको बताउँदै त्यसलाई रोक्न सकेको खण्डमा राजश्व समेत बढ्नेमा जोड दिए ।

सबैभन्दा ठूलो समस्या भनेको औपचारिकभन्दा अनौपचारिक कारोबार चलिरहेको छ । सानो करको दायरामा राखेर अघि बढ्नुपर्छ ।हामीसँग खर्बौं रेमिट्यान्स भित्रिएको छ । अनावश्क रुपमा खर्च भइरहेको छ । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने । उनले निजि क्षेत्रको धनजनको क्षति हुँदा देश ५र६ वर्ष पछाडि धकेलिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS