IME Life New

उर्जा मन्त्री खड्काको पाँच तारे विलासी होटलले पायो यस्तो इस्युअर रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उर्जमन्त्री दीपक खड्काको लगानी रहेको बुढानिलकण्ठको नागार्जुन डाँडामा अवस्थित होटल फरेष्ट इन लिमिटेडले प्रस्तावित सार्वजनिक शेयर निष्काशन (आइपीओ) प्रयोजनका लागि ‘डबल बी माइनस’ इस्युअर रेटिङ प्राप्त गरेको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले वित्तीय सबलता मूल्याङ्कनका आधारमा यस्तो रेटिङ(श्रेणी) प्रदान गरेको हो। नेपाली कम्पनीहरूको हकमा यस्तो रेटिङ प्राप्त शेयर जारीकर्ता कम्पनीले पूर्व निर्धारित समयसीमाभित्रै वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम निहित हुन्छ।

Esewa
Crest

यो कम्पनीले बैंक ऋण भार कम गर्ने उद्देश्यले लागि सर्वसाधारणबाट पूँजी जुटाउन रू. १०० अंकित मूल्यमा ४० लाख कित्ता शेयरबाट ४० करोड रूपैयाँको सार्वजनिक शेयर निष्काशनका लागि धितोपत्र बोर्ड नेपालमा निवेदन दिएको छ।

होटल फरेष्ट इन लिमिटेडले बुढानिलकण्ठको डाँडामा इन्टरकण्टिनेन्ट होटेल्स लिमिटेड ग्रुपसँगको व्यवस्थापन साझेदारीमा होलिडे इन रिसोर्ट बुढानिलकण्ठ सञ्चालन गरिरहेको छ।

सञ्चालनमा आएको छोटो समयमै होटलले गत आर्थिक वर्ष २०८१।८२ मा कुल १३ करोड ६० रूपैयाँ आम्दानी गरेको छ।

होटलको भाैगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय होटल सञ्जालसँगको सहकार्य, अनुभवी सञ्चालक र उच्च व्यवस्थापक तहका कर्मचारीलाई इन्फोमेरिक्सले होटल फरेष्ट इनको सबल पक्षका रूपमा उल्लेख गरेको छ।

यसैगरी उच्च ऋणका कारण ब्याज भार, सीमित आम्दानी, गत आर्थिक वर्षमा सीमित आगन्तुक संख्या(२६ प्रतिशत अकुपेन्सी) र एक मात्र होटल हुनुलाइ इन्फोमेरिक्सले दुर्बल पक्षका रूपमा जनाएको छ।

१.२४ हेक्टर क्षेत्रफलमा फैलिएको यो होटलमा कुल १०४ वटा कोठा छन् । यो होटलमा मन्त्री खड्काकी श्रीमति विनिता थापाको ३२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

होटलले बैंक ऋण प्रयोजनका लागि भने २ अर्ब ११ करोड रूपैयाँका लागि डब्बल बी माइनस र ५ करोड अल्पकालीन कर्जाका लागि ए फो रेटिङ प्राप्त गरेको छ। यी रेटिङले वित्तीय दायीत्व निर्वाह गर्ने सम्बन्धमा मध्यमस्तरको जोखिम संकेत गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS