काठमाडौं । तोकिएको समयमै सम्पत्ति विवरण दर्ता नगरेका सार्वजनिक पद धारण गरेका कर्मचारीलाई आउँदो असोज २८ गतेसम्म समयसीमा तोकिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती)ले आज एक सूचना जारी गर्दै तोकिएको समयमा नबुझाएका कर्मचारीले आउँदो असोज २८ गतेसम्म सम्पत्ति विवरण दर्ता गर्न सक्ने समय दिएको हो। तर, यो अवधिसम्म सम्पत्ति विवरण दर्ता गराउन कर्मचारीले यसअघि तोकिएको समयभित्र किन दर्ता नगरेको भन्ने कारण खुलाउनुका साथै सम्बन्धित कार्यालयको सिफारिस चाहिने किताबखानाले जनाएको छ।
सार्वजनिक पद धारण गरेका कर्मचारीले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। यो समयावधि हिजो भदौ २९ गते समाप्त भएको थियो।

















