IME Life New

एलन मस्कको कुर्सी खतरामा, नयाँ सीईओ खोज्दै टेस्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुर्सी खतरामा परेको छ। विद्युतीय सवारीसाधन निर्माण कम्पनी टेस्लाले नयाँ सीईओको खोजी सुरु गरेको हो।

वाल स्ट्रिट जर्नलमा रपोर्टअनुसार टेस्लाको स्टक निरन्तर घटिरहेको छ। मस्कले कम्पनीभन्दा ह्वाइट हाउसमा बढी ध्यान दिइरहेकोमा केही लगानीकर्ता निराश छन्।

Esewa
Crest

टेस्ला कार बिक्रीको हिसाबले चिनियाँ कम्पनी बीवाईडीभन्दा पछाडि परेको छ। टेस्लाको बिक्री घटेको यो पहिलोपटक हो। त्यसैले, टेस्लाको बोर्डले मस्कको उत्तराधिकारी खोज्न थालेको हो।

मस्कले टेस्लासहित धेरै कम्पनी चलाउँछन्। रिपोर्टअनुसार २० जनाभन्दा बढी कार्यकारीले मस्कलाई सिधै रिपोर्ट गर्छन्। आजकल मस्कले वासिङ्टनमा धेरै समय बिताइरहेका छन्। कर्मचारी भन्छन्, ‘हामीले मस्कलाई महिनौँपछि मार्चमा भएको सर्वपक्षीय बैठकमा देख्यौँ।’

बैठक सामाजिक सञ्जाल एक्समा पनि प्रसारण गरिएको थियो। मस्कले कर्मचारीलाई आश्वस्त पार्ने र तिनको शेयर बेच्न नदिने कुरामा विश्वस्त पार्ने प्रयास गरे। मस्कले हाल अमेरिकी सरकारको सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका छन्। यो पदमा रहँदा उनले हरेक वर्ष १३० दिन ह्वाइट हाउसमा काम गर्नुपर्छ।

अब प्रश्न यो छ कि टेस्लामा मस्कको स्थान कसले लिनेछ ? तर, मिडिया रिपोर्टका अनुसार मस्क आफैँले भनेका थिए कि उनको ठाउँ कसैले लिन सक्दैन। किनकि टेस्ला केवल एउटा अटोमोबाइल कम्पनीमात्र होइन रोबोटिक्स र अटोमेसनको भविष्य पनि हो भनेर कसैले व्याख्या गर्न सक्ने छैन।

टेस्लाको सीईओ पदका लागि जेबी स्ट्राउबेललाई अग्रपंक्तिमा मानिन्छ। उनी ब्याट्री रिसाइक्लर र कम्पोनेन्ट निर्माता रेडवुड मटेरियल्सका सीईओ र सहसंस्थापक छने। उनी टेस्लाका बोर्ड सदस्य पनि हुन्। स्ट्राउबेल सुरुआती दिनदेखि नै टेस्लासँग आबद्ध छन्। उनी टेस्लाका पाँच सहसंस्थापकमध्ये एक हुन्।

यसबाहेक टम झु पनि सीईओ बन्ने दौडमा छन्। उनी टेस्लाका एकमात्र वरिष्ठ उपाध्यक्ष हुन्। उनले न्युजिल्यान्डको अकल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीबाट स्नातक गरेका छन् र ड्युकबाट एमबीए गरेका छन्। टेस्लाको वेबसाइटमा नाम उल्लेख गरिएका तीन कार्यकारीमध्ये झु एक हुन्। यसका साथै स्टेला ली पनि टेस्लाको सीईओ बन्न सक्छिन्। उनी अटो र ब्याट्री निर्माता बीवाईडीकी कार्यकारी उपाध्यक्ष र कम्पनीको अमेरिकी सञ्चालन प्रमुख हुन्।

यसका साथै वेमोका पूर्वसीईओ जोन क्राफसिकको नाम पनि चर्चामा छ। हुन्डाई मोटरका सीईओ जोस मुनोजलाई पनि यो पदका लागि राम्रो उम्मेदवार मानिन्छ। मस्कले टेस्लालाई नयाँ उचाइमा पुर्याएका छन्। अब उनको ठाउँ कसले लिन्छ र कम्पनीलाई कुन दिशामा लैजान्छ भनेर हेर्न बाँकी छ। टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी हो।

कम्पनीको शेयरभाउ बुधबार ३.३८ प्रतिशतले घटेर बन्द भयो र यससँगै यसको बजार पुँजीकरण ९४०.६१ अर्ब डलर पुगेको छ। यो बजार पुँजीकरणको हिसाबले विश्वका शीर्ष १० कम्पनीमध्ये एउटा हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS