IME Life New

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब १० करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७० अंकले बढेर २,५६६ को विन्दुमा कायम भएको छ । आज २९७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोको १५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुङगल हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एभरेष्ट बैंक डिबेञ्चर २०९१ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS