काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ३१ अंकले बढेर २,७०१ को विन्दुमा कायम भएको छ । आज १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ६ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । न्यादीका लगानीकर्ताले ६ दशलमव ६० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।