काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुलाई बिरामीलाई अस्पताल प्रिस्क्राइब गर्दा क्यापिटल लेटरमा लेख्न आग्रह गरिएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवासप्रसाद आचार्यले एक सूचना जारी गर्दै सम्पूर्ण चिकित्सकहरुलाई यस्तो आग्रह दिएका हुन्।
अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरुलाई नेपाल सरकार तथा डिन कार्यालयबाट निर्देशित नियमअनुसार बिरामीलाई औषधि प्रिस्क्राइब जेनेरिकमा क्यापिटल लेटरमा गर्न सूचित गरिएको छ।

















