IME Life New

बिरामीलाई अनावश्यक औषधि भिडाएर स्वास्थ्य बीमाको ३४ करोड हडप्ने चिकित्सकलाई १४ वर्षको जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा ४८ वर्षीय भारतीय मूलका चिकित्सक नील के आनन्दलाई स्वास्थ्य बीमा ठगीको आरोपमा १४ वर्षको जेल सजाय सुनाइएको छ।

पेन्सिलभेनियाका चिकित्सक आनन्दले बिरामीहरुलाई अनावश्यक औषधि भिडाएर बीमा कम्पनीहरुबाट २४ लाख डलर (लगभग ३४ करोड) ठगी गरेका थिए। अदालतले उनलाई २० लाख डलरभन्दा बढीको क्षतिपूर्ति तिर्न र बराबर रकम जफत गर्न पनि आदेश दिएको छ।

Esewa
Crest

आनन्दमाथि बिरामीहरुलाई अनावश्यक औषधिहरु भिडाएको र लाइसेन्स नभएका इन्टर्नहरुलाई नियन्त्रित औषधिहरुका लागि पूर्वहस्ताक्षरित प्रिस्क्रिप्सनहरु पनि लेखेको आरोप लागेको छ। अनुसन्धानबाट बच्न आनन्दले जालसाजीपूर्वक कमाएको रकम नातेदारको खातामा जम्मा गरेका थिए। उनले ९÷११ आक्रमणका पीडितहरुको उपचार गरेको र अमेरिकी नौसेनामा चिकित्सकका रुपमा सेवा गरेको दाबी गरे। तर, न्यायाधीशले उनको तर्कलाई अस्वीकार गरे। न्यायाधीशले डा आनन्दका कार्यहरु लोभ र अवैध नाफाबाट प्रेरित रहेको ठहर गरे।

अदालतका कागजातहरुअनुसार आनन्दले मेडिकेयर, अमेरिकी कर्मचारी व्यवस्थापन कार्यालय (ओपीएम), स्वतन्त्रता ब्लुक्रस (आईबीसी) र एन्थमजस्ता बीमा योजनामा झूटा र धोखाधडी दाबीहरु पेस गरे। उनले आफ्नो घरको फार्मेसीमार्फत बिरामीहरुलाई अक्सिकोडोनजस्ता लागूपदार्थसहित अनावश्यक औषधिहरुको ‘गुडी ब्यागहरु’ वितरण गरे।

बिरामीहरुलाई लोभ्याउन आनन्दले चिकित्सा आवश्यकता बिना अक्सिकोडोन वितरण गरे। कुल मिलाएर उनले ९ बिरामीलाई २० हजार ८५० अक्सिकोडोन ट्याब्लेटहरु लेखेका थिए।

यसका साथै आनन्दले इजाजतपत्र नभएका मेडिकल इन्टर्नहरुलाई पूर्वहस्ताक्षरित प्रिस्क्रिप्सनहरुमा नियन्त्रित औषधिहरु लेख्न अनुमति दिए। जुन गैरकानूनी थियो। यो सम्पूर्ण षड्यन्त्रले बीमा कम्पनीहरुलाई २४ लाख डलरभन्दा बढीको ठगी उनले गरे। न्यायाधीश चाड एफ केनीले भने, ‘डाक्टर आनन्दका लागि बिरामीहरुको पीडा नाफा थियो। उनको ध्यान उपचारमा थिएन।’

आनन्द र उनको परिवारले यी आरोपहरुलाई अस्वीकार गरेका छन्। उनीहरुले बिरामीहरुप्रतिको करुणा अनुचित रुपमा अपराधीकरण गरिएको दाबी गरेका छन्। आरोपित आनन्दले आफ्नो ब्लगमा लेखेका, ‘अमेरिकी सरकारले मलाई एआई प्रयोग गरेर पुरानो पीडाका बिरामीहरुको उपचार गरेको र डेटा हेरफेर गरेकोमा सजाय दिइरहेको छ।’

चिकित्सक आनन्दले ९÷११ आक्रमणका पीडितहरुको उपचार गरेको र अमेरिकी नौसेनामा चिकित्सकका रुपमा सेवा गरेको दाबी पनि गरेका थिए। यद्यपि, अदालतले उनको दाबीलाई अस्वीकार गर्यो। सामाजिक सञ्जालमा धेरै समूहहरुले आनन्दलाई समर्थन गर्दै उनी सरकारी षड्यन्त्रको सिकार भएको दाबी गरेका छन्।

आनन्दले भनेका छन्, ‘कानुनले अहिलेका लागि शासन गरेको छ। तर, प्रश्नहरु बाँकी छन्। उपचार भनेको के हो ? न्याय भनेको के हो ? करुणा र दुव्र्यवहार बीचको रेखा कहाँ छ ?’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS