IME Life New

व्यावसायिक सवारीसाधनको बीमामा दाबी नगरेको अवस्थामा पाइन्छ छुट, यस्तो छ व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा व्यावसायिक हिसाबले सवारीसाधनको प्रयोग पछिल्लो समय बढ्दै गएको छ। ठूल्ठूला परियोजना, उद्योग, व्यवसायदेखि अहिले स–साना व्यापारीसमेत व्यावसायिक प्रयोजनका लागि बैंकबाट कर्जा लिएर गाडी प्रयोग गरिरहेको पाइन्छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने व्यक्तिगतभन्दा व्यावसायिक हिसाबले प्रयोग हुने गाडीमा कर्जा बढी गएको देखिन्छ। चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म व्यावसायिक हिसाबले प्रयोग हुने गाडीमा बैंकहरुबाट ८६ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ कर्जा गएको छ। जब कि व्यक्तिगत हिसाबले प्रयोग हुने गाडीमा ४२ अर्ब ३३ करोड ६८ लाख रुपैयाँमात्रै गएको देखिन्छ।

Esewa
Crest

त्यसो त व्यक्तिगत होस् वा व्यावसायिक गाडी सबैको बीमा अनिवार्य गरिएको छ। व्यावसायिक गाडीका लागि नेपाली बीमा प्राधिकरणले छुट्टै बीमा योजना ल्याएको छ। यो व्यावसायिक सवारीसाधन बीमालेखको अवधि १ वर्ष तोकिएको हुन्छ। हरेक वर्ष बीमालेख नवीकरण गर्नुपर्ने हुन्छ।

बीमा गरेपछि आगलागी, चट्याङ, भूकम्प, बाढी, पहिरो, आँधीबेहरी, असिना, हिउँ वा तुषारो, आकस्मिक वा दुर्घटनाजन्य कारण, सवारीसाधनको प्रयोगबाट भएको ह्रास (वेयर एन्ड टेयर)को परिणामस्वरुप वा यान्त्रिक वा विद्युतीय अवरोध, असफलता, टुटफुटका कारण सवारीसाधनमा भएको क्षति, चोरी, सेंधमारी वा नकवजनी तथा सडक, रेल, आन्तरिक जलमार्ग, लिफ्ट वा एलिभेटरमा ओसारपसार गर्दा भएको हानी–नोक्सानीमा बीमकले क्षतिपूर्ति प्रदान गर्नुपर्ने व्यवस्था यस बीमालेखमा गरिएको छ।

बीमालेखमा परिकल्पना गरिएको सम्भावित क्षति नभएको अवस्थामा गाडीको बीमा दाबी गर्न मिल्दैन। अर्को वर्ष फेरि नवीकरण गर्नुपर्ने हुन्छ।

व्यावसायिक सवारीसाधन बीमालेखमा दाबी नपरेको अवस्थामा अर्को वर्ष नवीकरण गर्दा छुट सुविधा पनि रहेको छ। यदि कुनै बीमा दाबी नगरेको अवस्थामा बीमालेख नवीकरण गराउँदा बीमकले नवीकरण बीमाशुल्क (जोखिम समूह र व्यक्तिगत दुर्घटनासम्बन्धी बीमाबाहेक) छुट पाउँछन्।

बीमालेखअनुसार नवीकरण गर्नुभन्दा अगाडि एक वर्ष बीमा दाबी नगरेको खण्डमा अर्को वर्ष नवीकरण गर्दा बीमाशुल्कमा १५ प्रतिशत छुट पाउने व्यवस्था रहेको छ।

यसैगरी नवीकरण गर्नुभन्दा अगाडि लगातार २ वर्ष दाबी नपरेको खण्डमा नवीकरण बीमाशुल्कमा २५ प्रतिशत र लगातार ३ वा सोभन्दा बढी वर्षमा ३० प्रतिशत छुट पाउने सुविधा रहेको छ।

बीमकले बीमालेखको अवधि समाप्त भएको ३० दिनभित्र नवीकरण गरेमा मात्र दाबी नगरेको अवस्थामा पाउने छुट बीमा कम्पनीले दिनुपर्छ। यस बीमालेखको तालिकामा एकभन्दा बढी सवारीसाधन उल्लेख गरिएको भएमा त्यस्तो प्रत्येक सवारीसाधनको भिन्दाभिन्दै बीमा गरेसरह दाबी नगरेको अवस्थामा पाइने छुट बीमकले प्रदान गर्छ।

यसैगरी बीमकले यस बीमालेखअन्तर्गत रहेको बीमितको बीमायोग्य हित बदल्न स्वीकृति दिएमा साविक बीमितले पाउने बीमाशुल्क छुट सुविधा परिवर्तित बीमितले नपाउने व्यवस्था रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS