IME Life New

प्राधिकरणको निर्देशक र उपनिर्देशकले पाए बढुवाको पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशक र उपनिर्देशक पदमा आन्तरिक मूल्याङ्कन प्रणालीबाट बढुवा भएका कर्मचारीको पदवहाली गरिएको छ। नेपाल बीमा प्राधिकरणको पदपूर्ती सिफारिश समितिले आन्तरिक मूल्याङ्कन प्रणालीबाट बढुवा सिफारिश गरेका कर्मचारीहरूलाई अध्यक्ष शरद ओझाले बढुवाको पत्र हस्तान्तरण गरेका छन्।

प्राधिकरणका अनुसार निर्देशक पदमा बढुवा भएका कर्मचारीको हकमा चैत्र ८ गते र उपनिर्देशक पदमा बढुवा भएकाहरूको हकमा ९ गतेबाट लागू हुने गरी बढुवा गरिएको हो । पदपूर्ती समितिले बढुवा सिफारिश गरेको ३५ दिन पछि उनीहरूलाई बढुवाको पत्र दिइएको हो।

Esewa
Crest

निर्देशक पदमा बढुवा हुनेमा ध्रुव तिमिल्सिना, कुन्दन सापकोट, शाम्भराज लामिछाने र निर्मल अधिकारी छन्। पदपूर्ती सिफारिश समितिको फागुन २ गते बसेको निर्णयअनुसार उनीहरुलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। यसैगरी उपनिर्देशक पदमा बढुवा हुनेमा सहायक निर्देशक सबिता थापा, रन्जिता केसी, शम्भुप्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार भट्ट छन्। सिफारिश समितिको गत फागुन ३ गते बसेको बैठकले उनीहरुलाई उपनिर्देशक पदमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।

बढुवाका लागि सिफारिश गरिएका कर्मचारीविरूद्ध कुनै उजुरी नपरेपछि उनीहरूको बढुवा सिफारिशको आधारमा आइतबारको प्राधिकरण सञ्चालक समितिको बैठकले बढुवाको निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS