IME Life New

कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हो ? बढ्दो संक्रमणबीच नयाँ खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँच वर्षअघि विश्वभर तहसनहस मच्चाएको कोरोना महामारी फेरि एकपटक देखिन थालेको छ। छिमेकी मुलुक भारत र चीनसँगै पाकिस्तान, थाइल्यान्ड र सिंगापुरमा कोरोना संक्रमणको मामिला अचानक बढ्न थालेको छ।

कोरोनाको यो नयाँ लहरबीच एउटा महत्वपूर्ण अनुसन्धान बाहिर आएको छ। यो अनुसन्धानमा कोरोनाभाइरस चीनको वुहान प्रयोगशालाबाट उत्पन्न भएको तथा दुर्घटनाका कारण पहिले जनावरमा र त्यसपछि विश्वभरका मानिसमा फैलिएको दाबीको जबाफ दिने प्रयास गरिएको छ।

Esewa
Crest

एडिनबर्ग विश्वविद्यालयका वैज्ञानिकहरुले आफ्नो अध्ययनमा कोरोनाभाइरस वुहान प्रयोगशालामा सिर्जना नभएको पत्ता लगाएका छन्। ‘बरु यो भाइरस दक्षिणपूर्वी एसियामा चमेरोको जनसंख्यामा प्राकृतिक रुपमा विकसित भयो र त्यसपछि मानव जनसंख्यामा फैलियो’, अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘यस अध्ययनले ‘ल्याब लिक’ थ्योरीलाई अस्वीकार गरेको छ। जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समर्थन गरेका छन्।

नयाँ अनुसन्धानले के भन्छ ?

एडिनबर्ग विश्वविद्यालयको एक अध्ययनले कोरोनाभाइरसको उत्पत्तिको ल्याब लिक थ्योरीविरुद्धमा बलियो आनुवंशिक प्रमाण फेला पारेको छ। अनुसन्धानमा अमेरिका, युरोप र एसियाका २० संस्थाका विज्ञले मिलेर १६७ चमेरो कोरोनाभाइरसको जीनोमको विश्लेषण गरेका थिए। यसले पत्ता लगायो कि एसएआरएस–कोभी–२ सँग सबैभन्दा नजिकका भाइरस उत्तरी लाओस र चीनको युनान प्रान्तका चमेरोमा थिए।

एसएआरएस–कोभी–२ त्यही भाइरस हो, जसले कोरोनाभाइरस निम्त्याउँछ। यो २०१९ को अन्त्यतिर पहिलो कोरोना संक्रमणको मामिला देखिनुभन्दा ५ देखि ७ वर्षअघि देखापरेको थियो।

अनुसन्धान लेखक जोनाथन पेकरका अनुसार प्राप्त तथ्यांकले स्पष्ट रुपमा देखाउँछ कि एसएआरएस–कोभी–२ को उत्पत्ति वुहानबाट हजारौँ किलोमिटर टाढा चमेरोमा घुमिरहेको थियो। यो वुहानबाट २ हजार ७०० किलोमिटरभन्दा बढी टाढा छ।

वैज्ञानिकहरुको विश्वास छ कि कोरोनाभाइरस अवैध व्यापार सञ्जालहरुमार्फत संक्रमित जनावरहरुको आवागमनमार्फत मानव जनसंख्यामा पुगेको छ। त्यसपछि यसले मानव जनसंख्यालाई ठूलो क्षति पुर्यायो।

‘यो ढाँचा नयाँ होइन’, एरिजोना विश्वविद्यालयका जीवविज्ञानी माइकल वोरोबेले भने, ‘एसएआरएस–कोभी–२ भाइरस पनि यसको उत्पत्ति चमेरोबाट धेरै टाढा पाम सिभेट्स र रेकुन कुकुरहरुमार्फत देखा पर्यो। यो ढाँचा एसएआरएस–कोभी–२ मा दोहोरिएको थियो। यो प्राकृतिक बसाइसराइ थिएन तर वन्यजन्तुहरुमार्फत घना बस्ती भएका क्षेत्रमा भाइरस फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS