काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीले आज गरेको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।
प्रहरीको मुठभेड र प्रहरीले चलाएको गोली लागेर विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको हो। स्रोतका अनुसार हालसम्म ट्रमा सेन्टरमा ६ जना र सिभिल अस्पतालमा ४ जना र एभरेष्ट अस्पतालमा ३ जना तथा त्रिवि शिक्षण अस्पताल र केएमसी अस्पतालमा १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
हाल विभिन्न अस्पतालमा करिब १०० जना उपचाररत छन्।

















