IME Life New

नेपालमा पनि पस्यो कोरोना भाइरस, सात जनामा कोभिड-१९ पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत लगायतका दक्षिण एशियाली मुलुकमा द्रूत गतीमा फैलिंदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि पुष्टी भएको छ।

महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाका अनुसार, हालसम्म नेपालमा सात जनामा ​​कोभिड-१९ पुष्टि भएको छ। महाखाले छिमेकी देशहरू, विशेष गरी चीन र भारतमा बढ्दो बिरामीहरू फेला परेकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

Esewa
Crest

महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले समयमै सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

महाशाखाले केही दिन अघि, स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग तयारीको बारेमा छलफल भएको थियो । सबै खाले महामारी नियन्त्रणका लागि सीमा नाका र विमानस्थलहरूमा स्वास्थ्य डेस्कहरू स्थापना गरेको छ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले स्वास्थ्य अधिकारीहरुसमक्ष समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिति नियन्त्रणबाट बाहिर जान नदिन तयारी गर्न महाशाखा लगायतका मातहतका निकायलाइ निर्देशन दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS