IME Life New

हिजो भएको घटनाप्रति सीएनआई अन्त्यन्त दुखित, हिंसाको कडा शब्दमा निन्दा, संयमता अपनाउन अपिल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) हिजोको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । सीएनआई निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा समेत गरेका छन् ।

साथै, हिजोको घटना र भएको मानवीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

Crest

नेपालका युवाहरूको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर छ, हिंसाको माध्यमबाट ती आवाजलाई दबाईनु राष्ट्रकै लागि ठूलो क्षति रहेको जनाइएको छ ।

नेपालको उत्पादन तथा सेवा मुलक उद्योगहरूको प्रतिनिधिमुलक संस्था परिसंघ संयमता अपनाउन सबै सरोकारवालाहरूलाई अपिल समेत गरेको छ ।

साथै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गरेको छ । नेपालको समृद्धिको मार्गमा द्वन्द भन्दा संवाद, विभाजनभन्दा समझदारी र सबैभन्दा माथि नागरिकको सुरक्षा हुनुपर्छ भन्नेमा परिसंघ स्पष्ट छ ।

परिसंघ लोकतान्त्रिक अभिव्यक्तिलाई सुरक्षित राख्ने र त्यसका साथै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलको समर्थन गर्दै आईरहेको समेत स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS