IME Life New

असार १३ बाट ‘सिटिजन्स सदाबहार योजना’का इकाइहरु बिक्रीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहादर योजनाका इकाइहरु यही असार १३ गते बिक्रीमा आउने भएको छ।

नेपाल धितोपत्र बोर्डले यो खुलामुखी योजनाका इकाइहरु बिक्री गर्न यही असार २ गते अनुमति दिएको थियो। यस योजनाका १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलाई सुरक्षित राखिएको छ। बाँकी ४ करोड २५ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

योजना व्यवस्थापक सिटिजन क्यापिटलका अनुसार लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतममा ५० लाख इका खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

यस योजनाका इकाइ बिक्री बन्द छिटोमा असार १७ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा इकाइ असार २७ गते बैंकिङ समयसम्म बिक्री खुला गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS