IME Life New

चाैधरी समूहले मोल्डोभामा रू ५७ करोडमा सकार्‍यो मोबाइल फ्रिक्वेन्सी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपेली मुलुक, मोल्डोभामा चाैधरी समूह(सिजी कर्प ग्लोबल) ले मोबाइल सेवा सञ्चालनको लागि फ्रिक्वेन्सी खरिद गर्न झण्डै ५७ करोड रूपैयाँ कबोल गरेको छ। मोल्डोभाको दूरसञ्चार नियामकले हालै सम्पन्न गरेको फ्रिक्वेन्सी बाँडफाँड बोलकबोलमा सिजी टेलिकमले ३८ लाख युरो(५६ करोड ९२ लाख २१ हजार रूपैयाँ) मा ३६०० मेगाहर्ज स्पेक्ट्रम भित्रका दुईवटा २० मेगाहर्ज ब्लकहरूको लागि यो रकम कबोल गरेको हो।

Esewa
Crest

स्थानीय दूरसञ्चार नियामक एएनआरसेटीले तीनवटा दूरसञ्चार कम्पनीलाई बोलकबोल प्रकृयामार्फत विभिन्न फ्रिक्वेन्सी ब्यान्डहरू बाँडफाँड गरेको छ। लिलामी प्रकृयाबाट गरिएको फ्रिक्वेन्सी बाँडफाँडबाट सरकारले कुल २६.३१ मिलियन युरो राजश्व संकलन गर्न सफल भएपनि यो रकम संख्या प्रारम्भिक अपेक्षाभन्दा कम भएको टेलिकम स्पेक्ट्रम न्युजले उल्लेख गरेको छ।

बोलकबोलमा चाैधरी समूह(सिजी कर्प ग्लोबल) अन्तर्गतको सिजी टेलिकमले सञ्चालन गरिरहेको दूरसञ्चार कम्पनी मोल्डसेल, सरकारी स्वामित्वको मोल्डटेलिकम र फ्रान्सेली संयुक्त उपक्रम ओरेन्ज मोल्डोभाले क्रमशः ७०० मेगाहर्ट्ज, ९०० मेगाहर्ट्ज, १५०० मेगाहर्ट्ज, र ३४००-३८०० मेगाहर्ट्ज ब्यान्डहरूमा स्पेक्ट्रमको लागि इजाजतपत्र प्राप्त गरेका छन्। २३०० मेगाहर्ट्ज, २६०० मेगाहर्ट्ज, र २६ जिगाहर्ज फ्रिक्वेन्सीका लागि यी तीनवटै अपरेटरले कुनै चासो देखाएनन्।

ओरेन्ज मोल्डोभा सबैभन्दा उच्च रकम कबोल गर्ने टेलिकम सेवा प्रदायकका रूपमा देखापर्‍यो । यसले १५०० मेगाहर्ट्ज फ्रिक्वेन्सी दायरामा आठ ५ मेगाहर्ट्ज ब्लकहरू र ३६०० मेगाहर्ट्ज ब्यान्डमा १०० मेगाहर्ट्ज भाग कुल  ११.९५ मिलियन युरोमा सकारेको छ। यसैगरी सरकारी स्वामित्वको मोल्डटेलिकमले १० मिलियन युरोमा ७०० मेगाहर्ट्ज दायरामा २ x १० मेगाहर्ट्ज र ०.५६ मिलियन युरो दरमा ९०० मेगाहर्ट्ज ब्यान्डमा २ x ५ मेगाहर्ट्ज प्राप्त गर्यो। चाैधरी समूहको मोल्डसेलले ३६०० मेगाहर्ज स्पेक्ट्रम भित्रका दुई २० मेगाहर्ज ब्लकहरूको लागि ३.८ मिलियन युरो खर्च गरेको छ।

नयाँ स्पेक्ट्रम वितरणको अन्तिम विवरण यस प्रकार छ:

मल्डोभामा टेलिकम अपरेटरलाइ उपलब्ध गराइएको स्पेक्ट्रम। श्रोतः टेलिकमस्पेट्रम न्यूज

यी इजाजतपत्रहरूको लागि दूरसञ्चार कम्पनीहरूले पाँच बराबर किस्तामा भुक्तानी गर्नुपर्ने शर्त रहेको छ। जसमध्ये पहिलो भुक्तानी तत्कालै र त्यसपछिको भुक्तानी अर्को चार वर्षमा बाँडिनेछ।

७०० मेगाहर्ज, १५०० मेगाहर्ज, र ३४००-३८०० मेगाहर्ज ब्यान्डका लागि इजाजतपत्रहरू मार्च २०५० सम्म मान्य रहनेछन् । यसैगरी ९०० मेगाहर्ज स्पेक्ट्रमका लागि इजाजतपत्रहरू नोभेम्बर २०२९ मा समाप्त हुनेछन्।

तार रहितको दूरसञ्चार सेवा प्रदायकले सञ्चार उपकरणहरूबीच तार रहितमाध्यमबाट सम्पर्क स्थापित गर्नका लागि विभिन्न मेगाहर्ज क्षमताको इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम प्रयोग गरेका हुन्छन् ।

घाटामा रहेको मोल्डसेललाई सिजी ग्लोबल कर्पले सिजी सेल टेक्नोलोजी डिएसी (CG Cell Technologies DAC) मार्फत सन् २०२० मा ३ करोड १५ लाख अमेरिकी डलर(अहिलेको विनिमय दर अनुसार ४ अर्ब ३३ करोड ३४ लाख रूपैयाँ) मा खरिद गरेको थियो।सिजी सेल टेक्नोलोजी डिएसी आयरल्याण्डको एक गाउँ हो। यहाँको जनसंख्या जम्मा १ लाख ३९ हजार छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS