IME Life New

स्वदेशी पुनर्बीमकमा जोखिम केन्द्रीकृत गर्नु हानिकारकः उच्चस्तरीय समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा सम्बन्धि प्रावधानमार्फत स्वदेशी पुनर्बीमककै सम्पूर्ण जोखिम केन्द्रीकृत गरेकोमा उच्चस्तरीय आर्थिक सुझाव आयोगले चिन्ता व्यक्त गरेको छ। आयोगले बीमा क्षेत्र सम्बन्धित सुझावमा बीमा क्षेत्रको जोखिम विविधीकरणका लागि निश्चित हिस्सा विदेशी पुनर्बीमकसँग गराउने प्रावधान लागू गर्न आयोगले सुझाव दिएको छ।

आयोगले ६ बुँदामा बीमा क्षेत्रको विश्लेषण पाँचौँ नम्बरको बुँदामा स्वदेशी पुनर्बीमकसँग मात्र पुनर्बीमा गर्दा जोखिम विविधीकरण नहुन सक्छ। पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी पुनर्बीमकसँग गर्दा जोखिम विविधिकरण हुन जान्छ। बीमासम्बन्धी अध्यावधिक ज्ञान र प्रविधि हस्तान्तरणका लागि पनि विदेशी पुनर्बीमासँगको सम्बन्ध उपयोगी हुने टिप्पणी गरेको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० को दफा ४(६) मार्फत स्वदेशी पुनर्बीमकका लागि स्वदेशी पुनर्बीमा कम्पनीमा मात्र फ्याकल्टेटिभ पुनर्बीमा (ऐच्छिक पुनर्बीमा)को पहिलो प्रस्ताव गर्नुपर्ने बाध्यात्मक प्रावधान राखेको छ। स्वदेशी पुनर्बीमकले अस्वीकृत गरेको अवस्थामा मात्र विदेशी पुनर्बीमकसँग बीमकले पुनर्बीमाको प्रस्ताव गर्न सक्ने प्रावधान छ।

बीमकको पुनर्बीमा निर्देशिका २०८०

यसबाहेक दफा ७ मा प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन)को अनिवार्य हिस्साबापतको बाँडफाँटको प्रतिशत निर्धारण गरिदिएको छ। निर्देशिकाको दफा ८ मा ट्रिटी पुनर्बीमामा समेत प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन)अन्तर्गतको अनिवार्य हिस्सा पुनर्बीमा पछि बाँकीमध्ये थप ३० प्रतिशत हिस्सासमेत स्वदेशी पुनर्बीमकबीच नै बाँड्नुपर्ने प्रावधान छ।

प्राधिकरणले लागू गरेको यस्तो बाध्यात्मक प्रावधानका कारण स्वदेशी बीमकहरु नचाहेर पनि कमजोर वित्तीय क्षमता, कजमोर पुनर्बीमा जोखिम विश्लेषण क्षमताका बाबजुद स्वदेशी पुनर्बीमकलाई नै सबै जोखिम हस्तान्तरण गर्न बाध्य छन्। भूकम्पीय जोखिमको उच्च सम्भावित क्षेत्रभित्र रहेको नेपालमा स्वदेशी पुनर्बीमकमै सबै जोखिम केन्द्रीतकृत गरिदिँदा २०७२ सालको जस्तो महाभूकम्प आइपरेको अवस्थामा बीमकले भुक्तानी दिन नसक्ने र सधैँका लागि बीमाप्रति आमनागरिकको विश्वास गुमाउने जोखिम रहेको भन्दै बीमकले सार्वजनिक मञ्चबाटै चिन्ता व्यक्त गर्दै आएका छन्।

प्राधिकरणबाट इजाजत प्राप्त दुईवटा पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स सञ्चालनमा छन्। यीमध्ये नेपाल रिइन्स्योरेन्स सरकारी स्वामित्वको र हिमालयन रिइन्स्योरेन्स निजी क्षेत्रको स्वामित्व भएको पुनर्बीमा कम्पनी हुन्। यी दुवै बीमकको चुक्तापुँजी १० अर्ब माथि रहेको छ। तर, पुनर्बीमा क्षेत्रको व्यापारमा अनुभवका हिसाबले नेपाल रिइन्स्योरेन्ससँग एक दशकभन्दा थोरै र हिमालयन रिइन्स्योरेन्ससँग ३ वर्षभन्दा थोरै समयको मात्र अनुभव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS