IME Life New

अस्ट्रेलियालीलाई टाउको दुःखाइ बन्यो ‘कार इन्स्योरेन्स’, ह्वात्तै बढ्यो पोलिसी रद्द गर्नेको संख्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाका जनतालाई कार इन्स्योरेन्स टाउको दुःखाइको विषय बनेको छ। उच्च प्रिमियम र त्यसले उत्पन्न गर्ने वित्तीय दबाबका कार इन्स्योरेन्स रद्द गर्ने अस्ट्रेलियालीको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ।

फाइन्डर सर्भेका अनुसार करिब २२ खाल अस्ट्रेलियालीले कि कार इन्स्योरेन्स रद्द गरेका छन् कि त कम कभरेजको पोलिसी लिइरहेका छन्। हालै गरिएको अनुसन्धानले ५ प्रतिशत सहभागीले आफ्नो कार इन्स्योरेन्स रद्द गरेको र ७ प्रतिशत कम कभरेजको पोलिसी दिएको जबाफ दिएको फाइन्डर सर्भेले जनाएको छ।

Esewa
Crest

अनुसन्धानकै क्रममा ७ प्रतिशत सहभागीले भने उच्च लागतबाबजुत तेस्रो पक्ष अनिवार्यताका कारण कार इन्स्योरेन्स गर्नुपरिरहेको जबाफ दिएका छन्। ‘करिब १० प्रतिशत सहभागीले भने सबै कभरेज प्राप्त हुने समान खाले इन्स्योरेन्स पोलिसी उपलब्ध गराइदिन सेवाप्रदायकलाई आग्रह गरेको जबाफ दिएका छन्’, फाइन्डर सर्भेले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

फाइन्डर इन्स्योरेन्स एक्सपर्ट टिम बेन्नेटले बढ्दो वित्तीय चापले एकातर्फ कार इन्स्योरेन्स रद्द गर्ने प्रवृत्ति बढिरहेको र अर्कोतर्फ पर्याप्त बीमा कभरेज नहुँदा जोखिम उत्तिकै बढेको बताए। ‘यदि बीमा कभरेज नलिएको अवस्थामा कुनै दुर्घटना भएमा ठूलो आर्थिक नोक्सानी स्वयं कार चालक वा धनीले व्यहोर्नुपर्ने अवस्था आउन सक्छ’, उनले भने।

फाइन्डर सर्भेको अनुसन्धानले १२ प्रतिशत अस्ट्रेलियालीले कार इन्स्योरेन्सको खर्चले उनीहरुको वित्तीय तनाव बढाइरहेको जबाफ दिएका छन्। अस्ट्रेलियालीले कार इन्स्योरेन्सका लागि मासिक करिब ८७ अमेरिकी डलर खर्च गर्नुपरिरहेको छ। जुन वार्षिक १ हजार ४४ अमेरिकी डलरबराबर हुन आउँछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS