काठमाडौं । हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा २ अर्ब २७ करोड रुपैयाँ बढी लगानी गरेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघु निर्जीवन बीमकले कुल २ अर्ब २७ करोड ३ लाख रुपैयाँ लगानी गरेका छन् । सबैभन्दा लगानी गर्नेमा नेपाल माइक्रो रहेको छ । यो कम्पनीले विभिन्न क्षेत्रमा ६३ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।
दोस्रोमा स्टार माइक्रो रहेको छ । यो कम्पनीले ५७ करोड १० लाख रुपैयाँ लगानी गरेको छ। यसैगरी प्रोटेक्टिभ माइक्रोले ५२ करोड ४९ लाख रुपैयाँ र ट्रष्ट माइक्रोले ५३ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ।
चार निर्जीवन लघु बीमकको सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ । ‘क’ वर्गका बैंकहरुको मुद्दति निक्षेपमा निर्जीवन लघु बीमकले कुल १ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ गरेका छन् । जसमध्ये नेपाल माइक्रोले ४९ करोड ३७ लाख, प्रोटेक्टिभ माइक्रोले ४८ करोड ८५ लाख, स्टार माइक्रोले ५२ करोड ३० लाख र ट्रष्ट माइक्रोले ४३ करोड ९५ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै, ‘ख’ वर्गका बैंकहरुमा यी कम्पनीहरुले कुल १५ करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये नेपाल माइक्रोले ३ करोड २० लाख, प्रोटेक्टिभ माइक्रोले २ करोड ३५ लाख, स्टार माइक्रोले ४ करोड २५ लाख र ट्रष्ट माइक्रोले ५ करोड ५६ लाख रुपैयाँ लगानी गरेका छन् ।
‘ग’ वर्गका वित्तीय संस्थाहरुमा यी कम्पनहिरुले कुल ५ करोड १० लाख रुपैयाँ लगानी गरेको देखिन्छ । जसमध्ये नेपाल माइक्रोले ६५ लाख, प्रोटेक्टिभ माइक्रोले ५० लाख, स्टार माइक्रोले ४५ लाख र ट्रष्ट माइक्रोले ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै निर्जीवन लघु बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा कुल १० लाख ६२ हजार रुपैयाँ लगानी रहेको छ । जसमध्ये नेपाल माइक्रोले ९ करोड ६४ लाख, प्रोटेक्टिभ माइक्रोले ७९ लाख, स्टार माइक्रोले लगानी गरेको छैन । ट्रष्ट माइक्रोले १८ लाख रुपैयाँ लगानी गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ट्रष्ट मायक्रोले ९ लाख २१ हजार लगानी गरेको छ । रक लगानी कोष तथा म्युचुअल फन्डमा नेपाल मायक्रोले ४० लाख, स्टार मायक्रोले १० लाख र ट्रस्ट मायक्रोले ४० लाख रुपैयाँ गरी कुल ९० लाख रुपैयाँ लगानी गरेका छन् ।

















