IME Life New

६ वर्षपछि फेरि कोलकात्ताका लागि उडान सेवा शुरू गर्दै बुद्ध एयर

SPIL
क्याप्सनः ६ वर्ष अघि पहिलो पटक कोलकात्ताका लागि हवाई उडान भर्दै गरेका यात्रुलाई काठमाडाैं स्थित त्रिभूवन विमानस्थलबाट बिदाइ गर्दै बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत । तस्वीर श्रोतः बुद्ध एयर
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी बजारमा निजी क्षेत्रका वायू सेवा प्रदायकबीच तीब्र प्रतिस्पर्धा भइरहेका बेला बुद्ध एयरले पुनः भारतको कोलकात्तामा उडान भर्ने घोषणा गरेको छ। छिमेकी मुलुक भारतको एतिहासिक र औद्योगिक तथा पारवहन बिन्दु कोलकात्ताका लागि उडान भर्ने तयारी गरेको हो।

बुद्ध एयरले आफ्नो बेडामा भएको एटिआर ७२-५०० मोडलको जहाजमार्फत नै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकात्ताको नेताजी सुभाष चन्द्र बोस विमानस्थलसम्म उडान भर्ने भएको छ। यो रूटमा उडान भर्नका लागि एटिआर जहाजले १ घण्टा ३० मिनेटको समय लिन्छ। बुद्धले हाल यसै जहाजमार्फत भारतको धार्मिक तथा एतिहास शहर, बनारशका लागि काठमाडाैं बनारश दुई तर्फीरूपमा सातामा दुई पटक हवाई उडान भरिरहेको छ।

Crest

सामाजिक सञ्जाल फेसबुकमार्फत कोलकात्ताका लागि हवाई सेवा शुरू गर्ने घोषणा गरेपछि बुद्ध एयरका यात्रुहरूले एयर बसमार्फत क्षेत्रिय उडान गर्न सुझाव दिएका छन् । उनीहरूले एयर बसको A320 वा ७३७ मोडलको जहाज भित्र्याउन माग गरेका छन् ।

बुद्ध एयरले काठमाडौंबाट उत्तरपूर्वी भारतको सिक्किम राज्य अन्तर्गत पर्ने पाक्योङसम्म हवाई सेवा शुरू गर्नका लागि एक वर्ष अघि नै अध्ययन गरेपनि यो रूटमा अझैसम्म सेवा शुरू गरिसकेको छैन। राष्ट्रिय र क्षेत्रिय दुबै रूटमा उडान भर्ने बुद्ध एयर निजी क्षेत्रको एक मात्र वायू सेवा प्रदायक हो।

बुद्ध एयरले ६ वर्ष अघि काठमाडाैं कोलकात्ता रूटमा हवाई सेवा शुरू गरेपनि पर्याप्त व्यापार गर्न नसकेपछि सेवा बन्द गर्नु परेको थियो। बुद्ध एयरले त्यसबेला ७ महिनासम्म उडान भर्दा झण्डै १० करोड रूपैयाँ घाटा व्यहोर्नु परेको जानकारी गराएको थियो।  २०१९ को मे २७ तारेखमा काठमाडाैं कोलकाता रूटमा उडान भर्दा बुद्ध एयरले दुईतर्फी हवाई भाडा दर प्रति व्यक्ति रू. २२ हजार तोकेको थियो । ६ वर्षको अवधिमा हवाई इन्धन, व्यवस्थापन खर्च, विमानस्थल शुल्क लगायतको खर्च बढेकाले भाडा दर अझै महँगो हुनसक्ने अनुमान गरिएको छ।

फाइल तस्वीरः ६ वर्ष अघि पहिलो पटक कोलकात्ताका लागि हवाई उडान भर्दै गरेका यात्रुलाई काठमाडाैं स्थित त्रिभूवन विमानस्थलबाट बिदाई गर्दै बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत । तस्वीर श्रोतः बुद्ध एयर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS