IME Life New

एनआइसी एसिया बैंकसंग नेपाल बैंकर्स संघको सम्बन्ध बिच्छेद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एनआइसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गरेको छ। एनआइसी एसियाले ब्याज दर नबढाउने प्रतिबद्धता जनाएर त्यसको ठिक बिपरितको अभ्यास गरेको भन्दै शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले कारोबार नगर्ने निर्णय गरेको हो।

गत शुक्रबार एनआइसी एसियासहितका २८ वटै बैंकबीच बचत खाताको ब्याज दर ८ प्रतिशतभन्दा माथि नजाने र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो। सहमति लगत्तै एआइसी एसियाले १० प्रतिशतको बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो।

Esewa
Crest

तर बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेको थियो। सुचना सार्बजनिकसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकबाट राजिनामा गरेका थिए। रिसालले नै संघमा बचतमा ८ र मुद्दतिमा ११ प्रतिशत ब्याज कायम गर्ने सहमति गरेका थिए। संघमा गरेको सहमति कायम गर्न नसकेपछि उनले बैंक छाड्ने निर्णय गरेका थिए।

‘एनआइसी एसिया बैंक एक्लै हिँड्छु भन्ने हिसावले अगाडि बढ्यो’ कार्यसमिति बैठकपछि संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, ‘त्यही भएर कुनै पनि प्रकारको अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेका छौं।’ उनले यसको जानकारी राष्ट्र बैंकलाई पनि दिइने बताए।

एनआइसी एसिया बैंकको अस्वस्थ प्रतिस्पर्धाले गर्दा ब्याज दरमा भन्दा पनि प्रणालीगत जोखिम बढ्ने देखिएकाले अन्तर बैंक कारोबार र विदेशी मुद्राको कारोबार नगर्ने निर्णय गरिएको उनले जानकारी दिए। अब एनआइसी एसियालाई तरलता ब्यवस्थापन गर्नु परे राष्ट्र बैंकको अस्थायी तरलता सुविधा प्रयोग गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS