IME Life New

वीरगञ्जको स्काई लाइन मलसँग भ्याट क्रेडिट वापतको रू. १३ करोड असुल्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वीरगन्जको आदर्शनगरमा अवस्थित स्काई लाइन मल( स्काइलाईन इन्फ्रा प्रा.ली.)ले मूल्य अभिवृद्धि करमा क्रेडिट लिएको १३ करोड रूपैयाँभन्दा अधिक रकमको छुट अमान्य गर्न महालेखा परिक्षकको कार्यालयले आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ।

महालेखा परिक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदनमा भ्याट क्रेडिटवापतको  रू. १३ करोड ११ लाख १५ हजार अमान्य गर्न र भ्याट क्रेडिट दाबी दिने र नदिने व्यवसाय छुट्याएर छानबिन गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको हो।

Esewa
Crest

यो मलको दश तल्ले भवनमा कुल १ लाख २० हजार वर्ग फुट क्षेत्रफल छ। मलमा सरोवर पोर्टिको ब्राण्डमा चार तारे होटल, क्यू एफएक्स सिनेमा घर(मल्टी प्लेक्स), विद्युतीय उपकरण बिक्री कक्ष, मोबाइल बिक्री कक्ष,केएफसी रेष्टुरेण्ट, एप्पल मोबाइल शोरूम समेत सञ्चालनमा छ।

झण्डै २ अर्ब रूपैयाँ पूँजी लगानी रहेको भनिएको यो बहुउद्देश्यीय सपिङ मलमा क्याल समूह, पटवारी समूह, भंगर समूह, सालिमार समूह र राजेश अग्रवाल समूह(शंकर समूहका व्यापारिक साझेदार) को मुख्य लगानी छ।

स्काइ लाइन मल, भवन निर्माण गरी बहालमा दिने र अन्य कारोबारसमेत गर्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालय वीरगन्जमा दर्ता रहेको जुन २०१७ मा दर्ता भएको हो । यो मलले आर्थिक वर्ष २०७९।८० मा बहुतल्ले भवन निर्माण गरी भवनमा सिनेमा हल, होटल र डिजिटल कारोबार लगायतका व्यवसाय सञ्चालन गरेको छ। यो मलमा फिटनेस सेन्टर, स्पा, ब्यूटी सैलुन र व्याक्वेण्ट सेवा समेत उपलब्ध छ।

महालेखा परिक्षकको कार्यालयले आफ्नो ६२ औं वार्षिक प्रतिवेदनमा लेखेको छ, ”करदाताको मुख्य कारोबार व्यवसायीक प्रयोजनका लागि सटर बहालमा लगाई आय आर्जन गर्ने रहेको देखिन्छ। करयोग्य र कर छुटको मिश्रित कारोबार गर्ने करदाताले करयोग्य र कर छुटको कारोबारका लागि प्रयोग हुने संरचनाको अंश छुट्याई कर योग्य कारोबारको मात्र खरिदमा तिरेको मूल्य अभिवृद्धि कर क्रेडिट दाबी गर्नुपर्नेमा सबै खरिद रकमको मूल्य अभिवृद्धि कर क्रेडिट लिएको देखिएकाले कर योग्य र कर छुटको अंश छुट्याई हालसम्मको क्रेडिट दाबी रू. १३ करोड ११ लाख १५ हजार अमान्य गरी छानबिन गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS