काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजीलाई फेरि अर्को आग्रह गरेका छन्।
भर्खरै मेयर बालेनले फेसबुक पेजमा स्टेटस लेख्दै अब घर फर्किन आग्रह गरेका हुन्।
‘देश तपाइँहरुकै हातमा हो। तपाइँहरुले नै बनाउने हो’, बालेनले लेखेका छन्, ‘अब जति क्षति हुन्छ, तपाइँ हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’

















