IME Life New

विश्व बजारमा पुनर्बीमा शुल्क दर घट्दै गर्दा नेपाली पुनर्बीमकलाई भने पूँजी वृद्धिको चटारो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वविख्यात रेटिङ एजेन्सी फिच रेटिङ्सले सन् २०२६ का लागि विश्वव्यापी पुनर्बीमा क्षेत्रको दृष्टिकोणलाई तटस्थबाट घटाएर खस्कँदोमा झारेको छ। पुनर्बीमा कम्पनीहरूबीच बढ्दो प्रतिस्पर्धा र पर्याप्त पूँजी प्रवाहका कारण सन् २०२६ मा पुनर्बीमा शुल्कमा गिरावट आउने प्रक्षेपण गरिएको छ।

फिच रेटिङ्सले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, विशेषगरी सम्पत्तिबीमाको क्षेत्रमा दाबी भुक्तानीका शर्तहरू खुकुलो हुँदै जाने र मूल्यमा ह्रास आउने देखिएको छ।

Esewa
Crest

नेपालमा हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स सञ्चालनमा छन्। विश्व बजारमा पुनर्बीमाशुल्क दर घट्दा यी कम्पनीहरूले विदेशमा गर्ने रेट्रोसेशन (स्वधारण बाहेकको जोखिम अन्य बीमकलाई हस्तान्तरण गर्ने प्रकृया) को लागत सस्तो हुन सक्छ। यसले नेपाली कम्पनीहरूको नाफामा केही राहत पुर्‍याए पनि आन्तरिक बजारमा भने चुनौती थपिने देखिन्छ।

नेपाल बीमा प्राधिकरणले दुबै पुनर्बीमा कम्पनीहरूलाई २०८२ माघ मसान्त भित्र आफ्नो चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ। हाल यसको पुँजी करिब १३.४२ अर्ब रूपैयाँ छ। पूँजी पुर्‍याउन कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय सार्वजनिक गरेपनि नेपाल सरकारको तर्फबाट गरिने लगानीको टुङ्गो अझैसम्म लागेको छैन।

हिमालयन रिइन्स्योरेन्सले घुमाउरो पारामा नेपाल पुनर्बीमाको शेयर स्वामित्व ग्रहण गर्दै अन्ततः यसमै बिलय हुने योजना बुनिरहेको छ। यद्दपी यसअघि यसले नियामकको पूर्व स्वीकृति नै नलिएर बोनश र हकप्रद मार्फत २० अर्ब रूपैयाँ पूँजीको लक्ष्य पुरा गर्ने प्रचार गरेको थियो।

नेपाल पुनर्बीमा कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार व्यापार बढे पनि नाफामा भने केही संकुचन देखिएको छ। नेपाली पुनर्बीमकहरूले आफ्नो लगानीको ठूलो हिस्सा झण्डै ८१ प्रतिशत बैंकको मुद्दत्ती निक्षेपमा राखेका छन् । यसले ब्याज आम्दानी मार्फत कम्पनीलाई बलियो बनाएको छ। तर, पछिल्लो समयमा एकल अंकमा झरेको निक्षेपको ब्याज दरमा समेत बैंकले निक्षेप स्वीकारि रहेका छैनन् ।

फिचले अमेरिका जस्ता देशमा सामाजिक मुद्रास्फीति (मुद्दा मामिला र क्षतिपूर्तिको बढ्दो लागत) का कारण जोखिम बढेको बताएको छ। नेपालको हकमा भने बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक प्रकोपहरू मुख्य जोखिम हुन्। विश्वव्यापी रूपमा महाविपत्ति जोखिम बहन सस्तो हुनु नेपालका लागि सकारात्मक पक्ष हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS