IME Life New

स्वास्थ्य बीमामा आबद्ध २१७ स्वास्थ्य संस्थालाई रु. १ अर्ब बढी भुक्तानी, कसलाई कति (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध २१७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब रुपैयाँ बढी भुक्तानी गरिएको छ।

स्वास्थ्य बीमा बोर्डको जेठ १२ गतेको निर्णयबमोजिम ती स्वास्थ्य संस्थालाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको हो। उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा पठाइएको बोर्डले जनाएको छ।

Esewa
Crest

सबैभन्दा धेरै भुक्तानी पाउनेमा मोरङको नबिल मेडिकल कलेज रहेको छ। यो अस्पतालले ३ करोड ७९ लाख ९४ हजार रुपैयाँ भुक्तानी पाएको छ।

यसैगरी दोस्रो धेरै भुक्तानी पाउनेमा चितवनको भरतपुर अस्पताल रहेको छ। यो अस्पतालले ३ करोड ७९ लाख ८३ हजार रुपैयाँ भुक्तानी पाएको छ।

तेस्रो धेरै भुक्तानी पाउनेमा मोरङकै विराट मेडिकल कलेज टिचिङ हस्पिटल रहेको छ। यो अस्पतालले ३ करोड ३३ लाख ४७ हजार भुक्तानी पाएको छ।

त्यसो त स्वास्थ्य बीमा बोर्डले वित्तीय संकट देखाएर जेठ १६ गतेदेखि लागू हुने गरी निजी अस्पतालहरुमा आकस्मिकबाहेक सबै स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरिसकेको छ।

कसले कति पाए ?

Hospital payment

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS