काठमाडौं । शान्ति सुरक्षाको नेतृत्व सम्हालेको नेपाली सेनाले देशको विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ।
स्थानीय शान्ति सुरक्षा र प्रदर्शनको अवस्थालाई मध्यनजर गर्दै सेनाले आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्न लागेको हो।
सैनिक प्रवक्ता राजाराम बस्नेतले सार्वजनिक र निजी सम्पत्तिको थप क्षति हुन नदिन र परिस्थितिलाइ सामान्यकरण गर्न निषेधाज्ञा जारी गर्न लागिएको सञ्चारकर्मीलाई बताएका छन् ।
यसैबीच मंगलबार राति १० बजेदेखि सुरक्षाको नेतृत्व सम्हालेयता उत्छृखंल गतिविधिमा संलग्न रहेको आरोप्मा २७ जनालाई सेनाले आफ्नो नियन्त्रणमा लिएको छ।

















