काठमाडौं । झापा इनर्जीले दोस्रो चरणमा सर्वसाधारणका लागि भदौ २० गतेदेखि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित दरका २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएको छ। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

















